रुपन्देही-रुपन्देहीको तिलोत्तमामा शनिबार राति सडक दुर्घटना भएको छ । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै प्रहरीका अनुसार दुर्घटनामा पाँच जना घाइते भएका छन् ।
भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च १४३८ नम्बरको स्कारपियो गाडी सिद्धार्थ राजमार्गअन्तर्गत तिलोत्तमा नगरपालिकाको शान्तिकुञ्जमा सडक बत्तीको पोल र भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अर्घाखाँची छत्रगञ्ज गाउँपालिका-८ घर भएका ३२ वर्षीय गाडी चालक विकास श्रेष्ठको मृत्यु भएको छ ।
दुर्घटनामा वर्ष ३१ का विज्ञान श्रेष्ठ, वर्ष ४९ का सुरेन्द्र श्रेष्ठ, वर्ष १८ का विप्लव श्रेष्ठ, वर्ष १७ का सुदर्शन श्रेष्ठ र वर्ष ३५ का विशाल पन्थी घाइते भएका छन्।





प्रतिक्रिया