अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालयको माग गर्दै आज सुदूरपश्चिम बन्द

गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालयको माग गर्दै आज सुदूरपश्चिम बन्द


कैलाली-कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको माग गर्दै आज सुदूरपश्चिम बन्द गरिएको छ ।

२०७९ साल माघ २९ गतेको मन्त्रीपरिषद् बैठकले गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । 

तर, सरकारले १०० शय्याको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भन्दै बजेट विनियोजन गरेपछि सुदूरपश्चिममा आन्दोलन सुरु गरिएको हो । 

आज यातायात, बजार, उद्योग कलकारखाना, विद्यालय पूर्ण रूपमा बन्द गरिएको छ । अति आवश्यक सवारी साधनमा भने सञ्चालन भइरहेका छन् ।  

यसअघि शालीन आन्दोलन गर्दै आइरहेको सङ्घर्ष समितिले आज आम हडतालको आह्वान गरेको हो ।