काठमाडौं-सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीले सरकारले अघि सारेको नीति तथा कार्यक्रम र बजेटबीच तादात्म्य नमिलेको बताउनु भएको छ।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उहाँले बजेट बनाउँदा प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेटै नभएजस्तो अनभूति हुन पुगेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सरकाले बजेट सदनमा पेश गरेको छ। सरकारको नीति तथा कार्यक्रम र बजेट हेर्दा मेल खाए जस्तो लाग्दैन। शायद प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेट भएन कि भन्ने अनुभूति भइरहेको छ। नीति तथा कार्यक्रम एकातिर छ, बजेट केन्द्रित अर्कोतिर भएको मैले यहाँ अनुभूति गरेको छु।’
अहिलेको आर्थिक संकट नै मुख्य चुनौती भएकाले त्यसबाट पार पाउन गरी बजेट आउनुपर्ने उहाँले बताउनु भयो ।
कृषिलगायत क्षेत्रमा विदेशी लगानी भित्र्याउनका लागि मैत्री वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनु भयो ।
प्रतिक्रिया