काठमाडौँ-आज सुनचाँदीको मूल्य एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
यस्तै तेजाबी सुनको १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।







प्रतिक्रिया