अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमती: एकलौटी ढंगले बजेट ल्याउन लागेको भन्दै एमालेको असन्तुष्टि

बागमती: एकलौटी ढंगले बजेट ल्याउन लागेको भन्दै एमालेको असन्तुष्टि


काठमाडौं-बागमती प्रदेश सरकारले आफूहरुसँग सल्लाह नै नगरी एकलौटी ढंगले बजेट ल्याउन लागेको भन्दै एमालेले असन्तुष्टि व्यक्त गरेको छ।

नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक मधुसूदन पौडेलले बागमती प्रदेशको बजेट निर्माणमा प्रतिपक्षी दलहरुसँग सहकार्य नगरेको भन्दै असन्तुष्टि जनाउनु भएको हो।

प्रमुख सचेतक मधुसूदन पौडेलले भन्नुभयो, ‘१३ वटै जिल्लामा सन्तुलित बजेट परोस् भन्ने हाम्रो माग हो। तर आफूहरुले पेश गरेका योजनालाई वेवास्ता गर्दै सत्तापक्षहरु मात्रै छलफल गरेर एकलौटी ढंगको बजेट ल्याइँदैछ भन्ने जानकारीमा आएको छ।’

उहाँका अनुसार मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई पटक-पटक औपचारिक छलफलका लागि समय माग्दा पनि प्रायः अनौपचारिक मात्रै छलफल भएको छ। झारा टार्नका लागि एकपटक प्रतिपक्षीसँग छलफल गरेर सरकारले औपचारिकता पूरा गरेको पौडेलले आरोप लगाउनु भयो।