काठमाडौँ-प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्ने नगर्ने भन्ने निर्णय जेठ ३२ गते हुने भएको छ।
सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा पेस भएको कार्य योजनामा कार्कीविरुद्ध परेका उजुरीको अध्ययन र छलफलपछि जेठ ३२ गते निर्णय गर्ने तयारी गरेको हो ।
यसअघि समितिका सचिव पद्मप्रसाद पाण्डेयले असार १ गतेभित्र सुनुवाइ प्रक्रिया टुङ्ग्याउने प्रस्ताव पेस गर्नुभएको थियो। तर सांसदहरुले उजुरीहरुको प्रकृति गम्भीर नरहेका कारण जेठ महिनाभित्र नै सुनुवाइ प्रक्रिया टुङ्ग्याउने निर्णय गरेका थिए ।
आजको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध परेका २९ वटा उजुरीमाथि अध्ययन गर्न सोमबार समितिका सदस्यहरूलाई फोटोकपी वितरण गरिएको छ। कार्की गत वैशाख २५ गते संवैधानिक परिषदबाट प्रधानन्यायाधीश लागि सिफारिस भएका थिए। सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश कार्की आगामी साउन २० देखि अनिवार्य अवकाशमा जाने छन्।
प्रतिक्रिया