काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको नर्भिक अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गरिएको छ ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले उहाँको थापाथलीस्थित नर्भिक अस्पतालमा निजी चिकित्सक प्राडा. युवराज शर्मालगायतको टोलीले स्वास्थ्य परीक्षण गरेको हो।
यससँगै प्रधानमन्त्रीको पनि नियमित स्वास्थ्य परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो। प्रधानमन्त्री पत्नी दाहाल लामो समयदेखि प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित रहनुभएको छ।
प्रतिक्रिया