अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विद्यालयमा विद्यार्थी संगठनले लगाएको ताला काठमाडौं महानगरले खोल्यो

विद्यालयमा विद्यार्थी संगठनले लगाएको ताला काठमाडौं महानगरले खोल्यो


काठमाडौं-काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्र रहेका विद्यायलमा विद्यार्थी संगठनले लगाएको ताला खोलेको छ। नगर प्रहरी बलले मंगलबार महानगरभित्र पर्ने दुईवटा विद्यालयमा लगाइएको ताला खोलेको हो। 

विभिन्न माग राख्दै विद्यार्थी संगठनले तालाबन्दी गरेको थियो।

महानगरको वडा नम्बर १५ ठूलो भर्‍याङमा रहेको संस्कृति इन्टरनेशनल स्कूल र वडा नम्बर ३ मा बाँसबारीमा रहेको युलियन्स स्कूलमा तालाबन्दी भएको थियो। यस विषयमा प्रतिक्रिया दिँदै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले विद्यालयले नियमको पालना नगरेको पाइए महानगरमा उजुरी गर्न अनुरोध समेत गरेका छन्।

‘हामी शैक्षिक गुणस्तर सुधारका लागि नियमित काम गरिरहेका छौँ। विद्यालयमा कसैले पनि राजनीति गरेको हामी कल्पना पनि गर्न सक्दैनौँ। चाहे त्यो सरकारी होस् वा निजी,’ प्रमुख शाहले भन्नुभयो, ‘हामीले विद्यालयमा लगाएको ताला फोडेर शैक्षिक क्रियाकलाप नियमित गराएका छौँ।’

यसअघि प्रमुख शाहले सार्वजनिक अपिल गर्दै शिक्षकलाई राजनीति नगर्न, कुनै दलको सदस्य लिएको भए त्याग गर्न अनुरोध गर्नु भएको थियो । मेयर शाहले भन्नुभयो, ‘पढ्ने ठाउँमा ताला लगाएर एक अमुक दलको शैक्षिक सङ्गठनले अपराध गरेको छ ।’