काठमाडौँ-नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३१ रुपैयाँ ०६ पैसा र बिक्री दर १३१ रुपैयाँ ६६ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ६२ पैसा र बिक्री दर १४२ रुपैयाँ २७ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ६८ पैसा र बिक्री दर १६६ रुपैयाँ ४४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।





प्रतिक्रिया