अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले मधेस प्रदेश कमिटीको सचिवालय बैठक जनकपुरमा सम्पन्न

एमाले मधेस प्रदेश कमिटीको सचिवालय बैठक जनकपुरमा सम्पन्न

पहिलो पार्टी बनाउने निष्कर्ष


जनकपुर-नेकपा एमाले मधेस प्रदेश कमिटीको सचिवालय बैठक सम्पन्न गरेको छ। बिहीबार जनकपुरमा सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको छ।

नेकपा एमाले सचिव एवं मधेस प्रदेशका इन्चार्ज योगेश भट्टराईले बैठकमा प्रदेशको पार्टी कामका विभिन्न पक्षका बारेमा छलफल भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘असार १३ र १४ गते बस्ने कमिटीको पूर्ण बैठकले कार्ययोजना बनाउने छ।’

असार २ गते प्रदेस सभा सदस्यहरुलाई बिधायीकी प्रकृया, नीति कार्यक्रम र बजेट निर्माण लगायतका विषयमा प्रशिक्षण गर्ने कार्यक्रम रहेको पनि सचिव एवं मधेस प्रदेशका इन्चार्ज भट्टराईले बताउनु भयो। उहाँले भन्नुभयो, ‘बैठकले असार ८ गते प्रदेस स्तरीय प्रचार भेला र असार ९ गते प्रदेस स्तरीय जनसंगठनको भेला आयोजना गर्ने निर्णय गरेको छ।’

सचिव भट्टराईले मधेस प्रदेशका सबै जिल्ला कमिटीको बैठक बसी वार्षिक कार्ययोजना बनाउन निर्देशन दिनु भएको छ।

सचिव भट्टराईले मधेस प्रदेश इन्चार्जको जिम्मेवारी बहन गर्न आज जनकपुर पुग्नु भएको थियो।

पार्टी सचिवालयको दुई हप्ता अघि भएको बैठकले नेताहरुको जिम्मेवारीमा व्यापक हेरफेर गर्दै उहाँलाई मधेसको जिम्मेवारी दिएको थियो। मिसन ग्रासरुटमा कर्णाली खटिएका नेता भट्टराईले मधेसमा नेकपा एमालेलाई फराकिलो अन्तरमा पहिलो पार्टीको रुपमा स्थापित गराउने प्रतिवद्धता जनाउनु भएको छ। मधेसमा यस अघि रघुबीर महासेठ इन्चार्ज हुनुहुन्थ्यो।