अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार महासंघ झापाले मापदण्ड मिचेर सदस्यहरुको नाम सिफारिस गरेको भन्दै प्रेस चौतारी आन्दोलनमा

पत्रकार महासंघ झापाले मापदण्ड मिचेर सदस्यहरुको नाम सिफारिस गरेको भन्दै प्रेस चौतारी आन्दोलनमा


बिर्तामोड-नेपाल पत्रकार महासंघ झापा शाखाले मापदण्ड मिचेर सदस्यहरुको नाम सिफारिस गरेको भन्दै प्रेस चौतारी झापा आन्दोलनमा उत्रिएको छ।

महासंघले सदस्य शुद्धीकरणको नाममा केन्द्रले पठाएको मापदण्ड मिचेर आफूखुसी नाम सिफारिस गरेको भन्दै त्यसकाविरुद्ध आन्दोलन गर्नु परेको प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज सन्तोष आचार्य जानकारी दिए ।

उनले महासंघले गरेको कार्यका विरुद्ध आन्दोलन सुरु गरेको बताए । उनले यसको थालनी स्वरुप आज महासंघमा कालो झन्डा राखेर धर्ना दिएको दाबी गरे ।

महासंघले पठाएको नामका सन्दर्भमा प्रदेश कमिटीले छानविन समिति माग गरिएको छ ।

राजनीतिक आस्था भएकै कारण र गैर पत्रकारको समेत नाम शुद्धीकरणका लागि सिफारिस गरेकोमा चौतारीको आपत्ति रहेको छ ।

महासंघको केन्द्रीय समितिले पारित गरेको १५ बुँदे मापदण्ड हुबहु पालना हुनु पर्नेमा चौतारी जोडदार माग गर्दछ । तर झापामा यो नभएकोले आन्दोलनमा उत्रन बाध्य भएका चौतारीको बुझाइ छ ।

चौतारीले आफ्नो मागको बेवास्ता गरे चरणबद्ध  आन्दोलन गर्ने चेतावनी दिएको छ ।