अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजदेखि तीन महिना सडक खन्न बन्द

आजदेखि तीन महिना सडक खन्न बन्द


काठमाडौँ-संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । वर्षायाममा सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने भएकाले खन्न रोक लगाइएको कार्यालयले जनाएको छ ।  

सडक पनि थप बिग्रिँदै जाने भएकोले कुनै पनि सडक खन्ने स्वीकृति नदिइने र कसैले जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कारबाही गरिने सूचनामा उल्लेख छ ।  

वर्षा लागेपछि सडक समयमै मर्मत गर्न नसकिने र आवागमनमा असुविधा पुग्ने हुँदा तीन महिना सडक खन्न रोक लगाइएको कार्यालयको जनाएको छ ।