अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ताप्लेजुङमा बाढीले मोटरेबल पुल र घर बगायो

ताप्लेजुङमा बाढीले मोटरेबल पुल र घर बगायो


ताप्लेजुङ–ताप्लेजुङमा बुधबार बेलुकादेखिको वर्षासँग आएको बाढीले सिदिङ्वा र सिरिजंघा गाउँपालिकामा क्षति पुर्‍याएको छ । बाढीले मोटरेबल पुल, झोलुङ्गे पुल र घरसहित केही पशुचौपाया समेत बगाएको स्थानीयले जनाएका छन् । 

बाढीले सुरुमखिम–खेवाङ–याम्फुदिन जोड्ने मोटरेबल पुल भत्काएको बताइएको छ । यस्तै बाढीले सिरिजंघा गाउँपालिकाको जनजीवन पनि प्रभावित भएको छ ।

काबेली नदीमा आएको बाढीले स्थानीय जगतबहादुर राईको घर पुरेको छ भने कञ्चनजंघा माध्यमिक विद्यालय, याम्फुदिन प्रहरी चौकी कञ्चनजंघा संरक्षण क्षेत्र, स्वास्थ्य चौकीको भवन जोखिममा रहेको जनाइएको छ ।