अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 इप्पान कार्यसमितिमा गणेश कार्कीको प्यानल विजयी

 इप्पान कार्यसमितिमा गणेश कार्कीको प्यानल विजयी


काठमाडौँ-स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नयाँ कार्यसमितिमा गणेश कार्कीको प्यानलै विजयी भएको छ।

अध्यक्षदेखि कोषाध्यक्षसम्म निर्विरोध निर्वाचित भएको नयाँ कार्यसमितिमा ७ जना सदस्यको लागि मात्रै मतदान भएको थियो। त्यसमा पनि कार्की समूहबाट प्रतिस्पर्धामा उत्रिएका सबै उम्मेदवार विजयी भएका छन्।

इप्पानको वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी निर्वाचित हुनुभएको छ ।  

त्यस्तै ५ जना उपाध्यक्षमा आशिष गर्ग, भरतकुमार खत्री, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, र आनन्द चौधरी निर्वाचित हुनुभएको छ ।

महासचिवमा बलराम खतिवडा र उपमहासचिवमा प्रकाशचन्द्र दुलाल निर्वाचित हुनुभएको छ ।

५ सचिवमा भरतप्रसाद नेपाल, भरतकुमार खड्का, कविता पोखरेल, विक्रम बिष्ट र हिम प्रसाद पाठक निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त निर्वाचित हुनुभयो ।