अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा ठालुहरुले निर्णय गरेर संशोधन हुन्छ भने संसदमा यो नौटंकी किन गर्नुगर्‍यो ? : सूर्य थापा

बालुवाटारमा ठालुहरुले निर्णय गरेर संशोधन हुन्छ भने संसदमा यो नौटंकी किन गर्नुगर्‍यो ? : सूर्य थापा


काठमाडौं-नेकपा एमालेका सांसद सूर्य थापाले बालुवाटारमा गठबन्धनका ठालुहरुको बैठक बसेर बजेट संशोधन गर्ने कुरा स्वीकार्य नहुने बताउनु भएको छ।

प्रतिनिधि सभामा विनियोजन विधेयकबारे छलफलको क्रममा बोल्दै बजेटमा क-कसको असन्तुष्टि सम्बोधन गर्ने ? भन्दै प्रश्न गर्नुभयो।

उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीले जवाफ दिनुभयो यहाँ प्रश्नउत्तर पनि भयो। तर, भोलिपल्ट बालुवाटारमा गठबन्धनको नाममा बैठक गरेर बजेट संशोधन गरेर असन्तुष्टि सम्बोधन गर्ने? ककसका असन्तुष्टि सम्बोधन गर्ने ? बालुवाटारमा ठालुहरुले निर्णय गरेर संशोधन हुन्छ भने संसदमा यो नौटंकी किन गर्नुगर्‍यो ?’

सांसद थापाले अर्थमन्त्री सदनमा जवाफ दिइसकेपछि बालुवाटारमा बैठक बसेर गर्न खोजिएको के हो? भन्दै आपत्ति जनाउनु भयो। उहाँले भन्नुभयो, ‘संविधान, कानून, पद्धतिले के भन्छ ? तर, बालुवाटार बैठकपछि के-के विषयमा संशोधन हो ? अर्थतन्त्र सहमति जनाउनुभएको हो कि होइन? गठबन्धनको नाममा संविधान विपरित काम गर्न पाइन्छ कि पाइदैन ? यो विषय सोध्न चाहन्छु।’