अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकी सरकारले ल्यायो ३१ अर्ब ४२ करोडको बजेट (पूर्णपाठ)

गण्डकी सरकारले ल्यायो ३१ अर्ब ४२ करोडको बजेट (पूर्णपाठ)


पोखरा-गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३१ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ। शुक्रबार प्रदेशसभामा सरकारका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले उक्त रकम बराबरको बजेट पेस गर्नु भएको हो।

कुल बजेटमध्ये चालुखर्च १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार अर्थात ३८.०१ र पुँँजीगततर्फ २० अर्ब १९ करोड पाँच लाख ६२ हजार अर्थात ६०.०४ प्रतिशत बजेट विनियोजन गरिएको छ। वित्तीय व्यवस्थातर्फ ५० करोड छुट्याएको छ। कुल बजेटको १.०५ प्रतिशत सञ्चितकोष माथि व्ययभार पर्ने उहाँले बताउनु भयो।

सरकारले बजेटको स्रोतको रूपमा संघबाट आएको अनुदानलाई आधार मानेको छ। समानीकरण अनुदानमार्फत सात अर्ब ६२ करोड २५ लाख, राजस्व बाँडफाँट ९ अर्ब पाँच करोड २५ लाख, रोयल्टी बाँडफाँट ४० करोड आठ लाख, ससर्त चार अर्ब ९४ करोड १५ लाख, समपुरक अनुदान ८४ करोड र विशेष अनुदान ७० करोड प्राप्त हुने उहाँले बताउनु भयो।

पूर्णपाठ