अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साथीको हत्या आरोपमा रुपन्देहीको तिलोत्तमाबाट एक युवा पक्राउ

साथीको हत्या आरोपमा रुपन्देहीको तिलोत्तमाबाट एक युवा पक्राउ


सिद्धार्थनगर-हत्या आरोपमा रुपन्देहीको तिलोत्तमाबाट एक युवा पक्राउ परेका छन्। रुपन्देहीको तिलोत्तमा-१६ पूर्व बहियामाका २६ वर्षीय ज्ञानबहादुर कंवरले आफैसँग बसेका १८ वर्षीय सुमन कंवरको मङ्गलवार हत्या गरेको प्रहरीले जनाएको छ। २६ वर्षीय ज्ञान बहादुर कंवरलाइ इलाका प्रहरी कार्यालय बुटवलले शुक्रवार सार्वजनिक गरेको हो।

नवलपरासी बर्दघाट सुस्ता (पश्चिम) सुनवल नगरपालिका-७ घर भई तिलोत्तमामा आफ्नै साथीसँग बस्दै गर्दा आपसी मनमुटाब भएपछि अभियुक्त ज्ञान बहादुरले सुमनको हत्या गरेको प्रहरीको दाबी छ। 

मङ्गलवार साँझ करिब ७ बजेको समयमा उनीहरू बिच आपसी विवाद भएपछि अभियुक्त कंवरले चापाकलको ह्याण्डलले टाउकोमा प्रहार गरी हत्या गरी फरार रहेको अवस्थामा उनलाई तिलोत्तमा नगरपालिका वडा नं ११ रामनगरबाट बिहीबार राती ११ बजे पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो । अनुसन्धानका क्रममा मृतक र हत्या अभियोगी आपसमा खाने बस्ने तथा लागु औषध गाँजा सेवन गर्ने गरेको पाइएको प्रहरी नायव उपरीक्षक थापाको भनाइ छ।

अभियुक्त कंवरले प्रहरीसँगको बयानमा साथीसँग भनाभन हुँदा आवेशमा आएर फलामको हातेपम्पले टाउकोमा प्रहार गर्दा उनको मृत्यु भएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख, प्रहरी उपरीक्षक भरत बहादुर विकले बताउनुभयो ।

पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ ।