अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इमाडोल बस दुर्घटना अपडेट: १८ घाइतेको अवस्था कस्तो छ ? (विस्तृत विवरणसहित)

इमाडोल बस दुर्घटना अपडेट: १८ घाइतेको अवस्था कस्तो छ ? (विस्तृत विवरणसहित)


ललितपुर-ललितपुरको इमाडोलस्थित बाहुनधारामा आज (शनिबार) बिहानै बस पल्टिँदा चालकसहित १८ जना घाइते भएका छन्। 

लामाटारबाट लगनखेलतर्फ आउँदै गरेको बा२ख ८५८३ नम्बरको बस महालक्ष्मी नगरपालिका–१ बाहुनधारास्थित सडकबीचमै पल्टिएको हो। 

दुर्घटनामा घाइते सबै जना अहिले ललितपुरमै रहेको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सबैको अवस्था समग्रमा सामान्य रहेको प्रहरीले जानकारी दिएको छ। 

प्रहरीले उपलब्ध गराएको विस्तृत विवरणअनुसार यी हुन् घाइते भएका १८ जना– 

१. चालक : काभ्रेको मण्डनदेउपुर नगरपालिका-८ घर भई हाल ललितपुरको लुभु बस्ने वर्ष २४ का सुजन कुँवर– दाहिने हातमा चोट, बोल्न सक्ने, अवस्था सामान्य।

२. उदयपुर घर भई ललितपुरको इमाडोल बस्ने वर्ष २१ का सविन राई– टाउको र पेटमा चोट, बोल्न सक्ने, अवस्था मध्यम। 

३. पाँचथर घर भई हाल ललितपुरको लुभु बस्ने वर्ष ४८ का टीबी लिम्बु, अवस्था– दाहिने कुममा चोट, बोल्न सक्ने, मध्यम। 

४. खोटाङ घर भई हाल काठमाडौंको बबरमहल बस्ने वर्ष २७ का गणेश परियार, अवस्था– निधारमा चोट, बोल्न सक्ने, मध्यम।

५. कास्की घर भई हाल ललितपुरको इमाडोल बस्ने वर्ष ३८ का संगिना दर्जी, अवस्था दुवै हातमा चोट, बोल्न सक्ने, सामान्य।

६. नुवाकोट घर भई हाल ललितपुरको सानेपा बस्ने वर्ष ३२ की कमला सुनुवार, अवस्था– टाउको र दाहिने हातमा चोट, बोल्न सक्ने, मध्यम।

७. काभ्रेको खानिखोला घर भई हाल ललितपुरको लुभु बस्ने वर्ष ४३ का जितबहादुर घिसिङ, अवस्था– निधार र छातिमा चोट, बोल्न सक्ने, मध्यम।

८. काठामाडौंको दक्षिणकाली घर भई हाल ललितपुरको लुभु चागाथली वस्ने वर्ष ७० की राधा दुलाल, अवस्था– ढाडमा चोट, बोल्न सक्ने, मध्यम।

९. दोलखा घर भई हाल ललितपुरको टीकाथली बस्ने वर्ष २२ की वन्दना लावती, अवस्था– टाउकोमा चोट, बोल्न सक्ने, मध्यम।

१०. सिन्धुली घर भई हाल ललितपुरको सानागाउँ बस्ने वर्ष २२ की अम्बिका लामा, अवस्था– टाउकोमा चोट, बोल्न सक्ने, मध्यम।

११. उदयपुर घर भई हाल ललितपुरको लुभु बस्ने वर्ष ३८ का पदम बहादुर खड्का, अवस्था– बायाँ हातमा चोट, बोल्न सक्ने, सामान्य।

१२. दोलखा घर भई हाल ललितपुरको लुभु बस्ने वर्ष ४९ की चिना कार्की, अवस्था– दाहिने आँखा र बायाँ खुट्टामा चोट, बोल्न सक्ने, मध्यम

१३. दोलखा घर भई हाल ललितपुरको इमाडोल बस्ने वर्ष ३३ की प्रमिला कार्की, अवस्था– टाउको र दाहिने कुमममा चोट, बोल्न सक्ने, मध्यम।

१४. ओखलढुंगा घर भई हाल ललितपुरको लुभु बस्ने वर्ष ४५ का राजेश लामा, अवस्था– टाउकोमा चोट, बोल्न सक्ने, मध्यम।

१५. मकवानपुर घर भई हाल ललितपुरको लुभु बस्ने वर्ष ६० का रामप्रसाद लोहार, अवस्था– बायाँ घुँडा र टाउकोमा चोट, बोल्न सक्ने, मध्यम।

१६. ललितपुरको लुभु शंखादेवी बस्ने वर्ष ३० का विशाल नेपाली, अवस्था– बाँया खुट्टामा चोट, बोल्न सक्ने, मध्यम।

१७. सिन्धुली घर भई हाल ललितपुरको लुभु बस्ने वर्ष ६७ की जयमा गोले, अवस्था– छातीमा चोट, बोल्न सक्ने, मध्यम।

१८. रौतहट घर भई हाल ललितपुरको लुभु बस्ने वर्ष १४ का पञ्कजकुमार शर्मा, बाहिरी चोट नभएको सामान्य।