काठमाडौँ-नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३० रुपैयाँ ८० पैसा र बिक्री दर १३१ रुपैयाँ ४० पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ १९ पैसा र बिक्री दर १४४ रुपैयाँ ८४ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २९ पैसा र बिक्री दर १६८ रुपैयाँ ०६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८८ पैसा र बिक्री दर ३६ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।





प्रतिक्रिया