अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ठाकुर गैरेको प्रश्न: भारत सुगौली सन्धिबाट पछि हटेको हो ?

ठाकुर गैरेको प्रश्न: भारत सुगौली सन्धिबाट पछि हटेको हो ?


काठमाडौँ-नेकपा एमालेका सांसद ठाकुर गैरेले भारत सुगौली सन्धिबाट पछि हटेको हो भन्दै सरकारसँग जवाफ माग गर्नुभएको छ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले सरकारलाई त्यसबारे जानकारी दिन ध्यानाकर्षण गराउँदै नेपाल आफ्नो रक्षाको लागि जस्तोसुकै मूल्य चुकाउन तयार रहनुपर्ने बताउनु भयो।

नेपालमा जन्मिनुभएका गौतम बुद्धलाई भारतमा जन्मेका हुन् भनेर गलत प्रचार गर्दै आएकोमा अहिले कपिलवस्तु र लुम्बिनी समेत भारतको नक्सामा राखेर नेपाल माथि धावा बोलेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा जन्मेका गौतम बुद्धलाई भारतमा जन्मेको हुन् भनेर गलत प्रचार गर्ने भारत। अहिले कपिलवस्तु र लुम्बिनीलाई सदनमा नक्सांकन गरेर गलत प्रचार भइरहेको छ।’

अहिले आदिपुरुष सिनेमाको नाममा सीता भारतको छोरी हुन् भन्ने अर्को भ्रमपूर्ण समाचार गरिएको भन्दै उहाँले आलोचना गर्नुभयो । त्यसका लेखकले नेपाल भारतकै अङ्ग हो भनेर गलत अभिव्यक्ति दिइसके प्रति उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद गैरेले भन्नुभयो, ‘अहिले आदिपुरुष सिनेमाको नाममा सीता भारतको छोरी हुन् भन्ने अर्को भ्रमपूर्ण समाचार प्रवाह हुनुको साथै त्यसका लेखकले नेपाल भारतकै अङ्ग हो भनेर गलत अभिव्यक्ति दिइसकेका छन् । नेपाल सरकार के गर्दैछ ? के भारत सुगौली सन्धिबाट पछि हटेको हो। सरकार स्पष्ट हुन जरुरी छ।’