अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाढीपहिरोले ताप्लेजुङका अधिकांश सडक अवरुद्ध

बाढीपहिरोले ताप्लेजुङका अधिकांश सडक अवरुद्ध

ताप्लेजुङ-ताप्लेजुङका अधिकांश सडक सञ्जाल अवरुद्ध भएका छन्। निरन्तरको वर्षासँगै ठाउँ–ठाउँमा गएको बाढीपहिरोले सडक र मोटरेवल पुलमा क्षति  पुर्‍याएपछि सडक अर्थात यातायात अवरुद्ध बनेका हुन्। 

पाँचथरको हेवाखोला पुल बाढीले बगाएपछि ताप्लेजुङ र पाँचथरको सदरमुकामको आवतजावत अवरुद्ध भएको हो । यो पुल बाढीले बगाएसँगै मेची राजमार्गको ताप्लेजुङ पाँचथर सडकखण्डको यातायात अवरुद्ध भएको छ। 

बाढीपहिरोले ग्रामीण सडक तथा मोटरेवल पुल भत्काउनुका साथै प्रयोग गर्न नमिल्ने बनाएपछि आन्तरिक तथा बाह्य यातायात सेवा अवरुद्ध भएका छन्। केही स्थानीय तहहरु सदरमुकाम फुङ्लिङसँग यातायात सम्पर्क विच्छेद भएका छन्। शनिबार राति भएको भीषण वर्षासँगै मैवाखोलामा आएको बाढीले मोटरेवल पुलमा क्षति पुर्‍याएपछि सदरमुकामसँग आठराई त्रिवेणी र मैवाखोला गाउँपालिकाको सडकसम्पर्क विच्छेद भएको छ। 

मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रा र आठराई त्रिवेणी–५ चाँगे जोड्ने दोभान बजार नजिकको मोटरेवल पुललाई मैवाखोलामा आएको बाढीले क्षति गरेपछि यातायात सेवा अवरुद्ध बनेको हो। मैवाखोलाको मोटरेवल पुल क्षतिग्रस्त हुनुकासाथै सान्थाक्रातर्फ सो पुलको जिपदेखि दोभान बजारको उत्तरी भागसम्म नै करिव डेढ सय मिटर जति सडक खोलाले कटान गरेपछि यातायात सेवा पूर्णरुपमा अवरुद्ध बनेको मैवाखोला गाउँपालिका–१ का वडाध्यक्ष चन्द्रकुमार तामाङले जानकारी दिनुभयो।

यस्तै सिदिङ्वा गाउँपालिका-४ साब्लाखुको कात्तिके र पाँचथरको याङ्वरक गाउँपालिका-४ थर्पु जोड्ने मोटरेवल पुलमा इन्द्रावती खोलामा आएको बाढीले क्षति पुर्‍याएपछि सो क्षेत्रको यातायात सेवा पनि ठप्प भएको छ। बाढीले इन्द्रावतीको पुलमा क्षति गरेसँगै सिदिङ्वा गाउँपालिका र सदरमुकामको सडकसम्पर्क विच्छेद भएको छ। 

त्यस्तै शुक्रबार रातिको वर्षासँगै तावाखोलामा आएको बाढीले सिदिङ्वा गाउँपालिका-७ सुरुम्खिम र सिरिजङ्घा गाउँपालिका-७ खेबाङको बाँकेटार जोड्ने मोटरेवल पुलमा क्षति पुर्‍याएपछि खेबाङ र वडा ८ याम्फुदिनको सदरमुकाम फुङ्लिङसँग सडक सम्पर्क टुटेको छ।