अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेश सरकार र जातीय पहिचानवादीबीच आज वार्ता 

कोशी प्रदेश सरकार र जातीय पहिचानवादीबीच आज वार्ता 


काठमाडौँ-कोशी प्रदेश सरकार र जातीय पहिचानवादीबीच आज वार्ता हुने भएको छ । दुई पक्षबीच आज बिहान वार्ता हुन लागेको हो ।

वार्ता समिति सदस्य एवं कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले आज बिहान पहिचान पक्षधरसँग औपचारिक वार्ता हुने बताउनुभयो ।  

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  पहिचान पक्षधरसँग वार्ताका लागि मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा वार्ता समिति गठन गर्नुभएको थियो । वार्ता समितिमा उद्योग कृषि तथा सहकारी मन्त्री सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी सदस्य हुनुहुन्छ ।

सरकारले वार्ताको आह्वान गरेपछि आइतबार पहिचान पक्षधरले पनि वार्ता समिति बनाएको छ । वार्ता समिति सदस्यमा गोबिन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जवेगु छन् ।  

गत फागुन १७ गते प्रदेशसभाले प्रदेश नं. १ को नाम कोशी राखेपछि पहिचान पक्षधर नाम परिवर्तनको मागसहित आन्दोलनमा छन् ।