काठमाडौँ-उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) काठमाडौँ महानगरले चार दिनदेखि मेला रोकेपछि न्यायका लागि अदालत गएको छ । उच्च अदालतका अनुसार मुद्दा दर्ता भएको र आजका लागि पेसी तोकिएको छ ।
महानगरले मेला रोकेकामा देशभरका निजी शिक्षण संस्था सञ्चालक रुष्ट बनेका छन् ।
निजी शैक्षिक संस्थाको साझा सञ्जालमा आबद्ध नौवटा संघसंस्थाले हिजो संयुक्त पत्रकार सम्मेलन र विज्ञप्ति जारी गर्दै क्षमायाचना तथा क्षतिपूर्तिसहित मेला सञ्चालन गर्न दिन माग गरेका छन् ।
महानगर प्रहरीले ‘माथिको आदेश’ भन्दै हस्तक्षेप गरेर मेला सञ्चालनमा अवरोध पुर्याउँदा विद्यार्थी र अभिभावक सुसूचित हुने अधिकारबाट वञ्चित भएको जनाइएको छ ।
मेला उद्घाटन हुनेबित्तिकै महानगर प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा खटिएको टोलीले स्टलहरू बन्द गराएर भृकुटीमण्डपस्थित मेलास्थलमा ताला लगाएको थियो ।
प्रतिक्रिया