काठमाडौँ-आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
आइतबार प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १४ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ।







प्रतिक्रिया