झापा- झापाको कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी सहितको टोलीले स्थानीय उद्योगको अनुगमन गरेको छ । अनुगमनका क्रममा कमल ६ स्थित डिएम फुड्स एण्ड स्पाइस प्रोडक्टमा पुगेको टोलीले उद्योगलाई आवश्यक सुधार गर्न निर्देशन दिएको छ । उपाध्यक्ष तिवारीका अनुसार मुल्यसूचि अनिवार्य राख्नुपर्ने , ३ दिनभित्र साइनबोर्ड राख्नुपर्ने , लेबलमा खुलाउनुपर्ने विवरण स्पष्ट देखिने र बुझिने गरि खुलाउनुपर्ने र उद्योगको ठेगाना स्पष्ट र सहि उल्लेख गर्नुपर्ने निर्देशन दिइएको हो ।
अनुगमनमा कमल गाउँपालिका उपाध्यक्ष तथा बजार अनुगमन समिति संयोजक प्रमिला न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्य, ईलाका प्रशासन कार्यालयबाट सुरेन्द्र राज दाहाल, उद्योग वाणिज्य संघ कमलका अध्यक्ष विरेन्द्र अधिकारी, ६ नं. वडा अध्यक्ष नरेन्द्र भट्टराई , प्रहरी सहायक निरीक्षक डम्बर बहादुर गौतम लगायतको टोलिको उपस्थिति रहेको थियो
प्रतिक्रिया