अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बर्दघाट नगरपालिकाको नीति कार्यक्रम : आगामी वर्ष द्रुत विकासको वर्ष (पूर्ण पाठ)

बर्दघाट नगरपालिकाको नीति कार्यक्रम : आगामी वर्ष द्रुत विकासको वर्ष (पूर्ण पाठ)



परासी- नवलपरासीको वर्दघाट नगरपालिकाले आगमी आर्थिक वर्षलाई तिव्र विकासको वर्षको रुपमा मनाउने भएको छ ।
नगरप्रमुख शम्भूलाल श्रेष्ठले प्रष्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा वर्दघाटको विकास निर्माणलाई जनचाहना अनुसार अघि बढाउन साविकमा भइरहेको विकासले मात्र अपुग भएकोले तिव्र विकासतर्फ ध्यान केन्द्रीत गरिएको बताउनुभयो । बर्दघाट नगरलाई समृद्ध नगरको रुपमा विकास गर्न भौतिक र सामाजिक क्षेत्रमा समेत आगामी आर्थिक वर्षमा उल्लेख्य प्रगति गर्ने लक्ष्य लिइएको श्रेष्ठले बताउनुभयो ।
‘नागरिकले अनुभुती गर्ने गरी विकासको प्रतिफल वितरण,शिक्षा प्रणालीमा गुणात्मक सुधार क्रमागत आयोजना सम्पन्न,कृषी,पशुपालन पर्यटन आदिमा गेम चेन्जर प्रोजेक्ट सुरुवात गर्छौं’ नीति कार्यक्रम बाचन गर्दै प्रमुख श्रेष्ठले भन्नुभयो ‘कृषी उत्पादनमा आत्मनिर्भर,एकघर एक करेशाबारी,तरकारी पकेट क्षेत्र आदि जस्ता कार्यक्रमहरु यसपाली सञ्चालन गर्नेछौं ।’
नगरपालिकाहरुले १६ वटै वडाको कृषीको सम्भव्यतालाई हेरेर विभिन्न बाली र पशुपालन र मत्स्यपालनको पकेट क्षेत्र छुट्याइएको पनि बताउनुभयो । तराई र पहाड दुवै प्रकारको भूगोल भएको यस नगरपालिकाले पर्यटनलाई पनि तिव्र विकासको मोडेल भित्र समेट्ने नीति लिएको छ । ‘पहाडी क्षेत्रमा बोडर टुरिजम र हिल टुरिजमको रुपमा विकास गरिनेछ’ नगरप्रमुख श्रेष्ठले नीति कार्यक्रममा उल्लेख गर्नुभएको छ ‘लुम्बिनी सँगसँगै गौतमबुद्धसँग जोडिएका अन्य स्थानहरुसँग नगरको सामिप्यता बढाउन र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न बुद्धमंगल ताललाई बुद्धसर्किटमा जोड्नका लागि आवश्यक गृहकार्य गरिनेछ । ’ नगरपालिकाले नगरको पर्यटन विकासका लागि ६ वटा कार्यक्रम प्रस्ताव गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटका अनुसार नयाँ नगरपालिका भएकोले काम गर्नुपर्ने क्षेत्र धेरै छन् । नगरबासीका चाहनालाई सम्बोधन गर्न सबै वडाहरुबाट संकलन गरिएका योजनाहरुका आधारमा नीति तथा कार्यक्रम तय गरिएको छ । ‘बर्दघाटबासीको तिव्र विकासको चाहनालाई सम्बोधन गर्न यस वर्षको नीति कार्यक्रम विकास निर्माणमा नै बढी केन्द्रीत छ’ सापकोटाले भन्नुभयो ‘यही नीति कार्यक्रमका आधारमा बजेटलाई अन्तिम रुप दिदैछौं । ’