अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान सरकार विभेदकारी छ, अन्यायपूर्ण व्यवहार गर्छ: गोकर्ण विष्ट 

वर्तमान सरकार विभेदकारी छ, अन्यायपूर्ण व्यवहार गर्छ: गोकर्ण विष्ट 


काठमाडौं-प्रतिनिधि सभा सदस्य गोकर्ण विष्टले जलस्रोतको दिगो विकास र उपयोगमा राष्ट्रिय सहमतिका साथ अघि बढ्नु पर्ने बताउनुभएको छ। 

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै विष्टले नेकपा एमाले राष्ट्रिय हितको पक्षमा सधैँ अडिग भएर उभिने बताउनुभयो। उहाँले भन्नुभयो‘ ‘राष्ट्रिय हितको लागि गरिने सहमतिमा हाम्रो दल एककदम अघि बढेर सरकारलाई सहयोग गर्न तयार छ।’

जलस्रोतको विकास राष्ट्रिय हित भन्दा सत्ता सौदाबाजी र सरकार टिकाउनको लागि गरियो भने नेकपा एमालेको गम्भीर आपत्ति हुने उहाँले बताउनुभयो । जम्मा २७ सय मेगावाट विद्युत् उत्पादन गर्ने नेपालमा विद्युत् बढी हुने भयो भनेर गरिएको कोलाहलको विष्टले आलोचना गर्नुभयो । 

नेपालमा प्रसारण लाइनको अभावमा लोड सेडिङ गर्नु पर्ने अवस्था रहेको भन्दै विष्टले त्यसको व्यवस्थापनमा सरकारको ध्यान नगएको प्रति आलोचना गर्नुभयो । अहिले पनि लाखौँ घरहरू अँध्यारोमा बसेको प्रति उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो। 

 अहिले पनि ऊर्जा खपतको हिसाबले विद्युतको प्रयोग हुन नसकेको उहाँले बताउनुभयो। चुलोमा अहिले पनि विद्युतको सट्टा ग्याँस र यातायात साधनमा डिजल र पेट्रोलकै प्रयोग भएको विष्टको भनाइ छ। 

जलविद्युत उत्पादन मात्र होइन नदीको संरक्षण, जल पर्यटन विकास लगायतको क्षेत्रमा धेरै काम गर्न सकिने र गर्न आवश्यक भए पनि अहिलेको सरकारकारको बजेट र कार्यक्रममा ती कुनै पनि कुरा नसमेटिएको भन्दै उहाँले आलोचना गर्नुभयो।  अहिलेको सरकार विभेदकारी भएकोले सरकारसँग आशा गर्नु नै बेकार हुने उहाँले बताउनुभयो । ‘वर्तमान सरकार विभेदकारी छ, जुन सरकार अन्यायपूर्ण व्यवहार गर्दछ, न्यायपूर्ण छैन, यो सरकारबाट धेरै आशा हामीले किन गरिरहेका छौँ ?’ विष्टले प्रश्न गर्नुभयो ।