अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सुनवल नगरपालिकाको नीति कार्यक्रम : महिला मैत्री नगर बनाइने (पूर्ण पाठ)

सुनवल नगरपालिकाको नीति कार्यक्रम : महिला मैत्री नगर बनाइने (पूर्ण पाठ)


सुनवल -महिला मेयर भएको सुनवल नगरपालिकाले नगरलाई महिला मैत्री बनाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम नगरसभामा प्रष्तुत गर्दै नगरप्रमुख विमला अर्यालले सो घोषणा गर्नुभएको हो ।
मेयर अर्यालले नगरपालिकाको सपनाको रुपमा ‘नारीको नेतृत्व, सामाजिक सद्भाव सहित समृद्ध सुनवलको जोगाउ अस्तित्व’ भन्ने नारालाई अघि सार्नुभएको छ ।
‘सुनवल नगरपालिकालाई महिलामैत्री बनाउन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थासंग आवद्ध भई अभियानमुखी कार्यक्रम मार्फत निश्चित सूचकहरु पुरा गरी महिलामैत्री नगरपालिका घोषणाको पूर्वाधार तयार गरिने छ ’ आज नगरसभामा नीति कार्यक्रम प्रष्तुत गर्दै अर्यालले घोषणा गर्नुभएको छ ।
नगरपालिकाले महिला मैत्री नगरको रुपमा विकास गर्न के के पूर्वाधारहरु आवश्यक पर्दछ भनेर खोजविन गरिरहेको अर्यालले बताउनुभयो ।


सुनवल नगरपालिकाबाट पारिश्रमिक पाउने सबै कर्मचारीको छोराछोरी सामुदायिक विद्यालयमा नै पढाउनु पर्ने बाध्यकारी व्यवस्थ गरेको छ । सामुदायिक विद्यालयको गुणस्तर बढाउन र आफैं नुमना हुने नीति नगरपालिकाले लिएको नीति कार्यक्रममा उल्लेख छ ।
नगरपालिकाले बाँझो जमिन छोडेर स्थनीय ठाउँमा बसेका वा सुनवल बाहिर गएका जग्गा धनीहरुको खोजी गरी जमिनलाई बाँझो राख्न नमिल्ने नीति लिने प्रमुख अर्यालले बताउनुभयो । नीति तथा कार्यक्रम प्रष्तुत गर्दै अर्यालेले नगरपालिकाले जग्गा धनीसँग करारनामा गरी जमिन लिएर त्यसपछि इच्छुक नगरबासीलाई खेति गर्न करार गरी करार खेती सुरु गर्ने बताउनुभयो ।
नेपालको पहिलो बालमैत्री नगरपालिकाको रुपमा रहेको सुनवल बाल अधिकार संरक्षणका लागि थुप्रै नीति तथा कार्यक्रम लिने भएको छ ।


खेलकुदको विकासलाई पनि नगरपालिकाले उच्च महत्व दिंदै एक वडा एक खेल मैदानको नीति लिएको छ । वैदेशिक रोजगारबाट फर्किएका युवाहरुको सीपलाई उपयोग गर्दै उनीहरुलाई कृषीमा आकर्षित गर्न विभिन्न नीतिहरु लिइएको प्रमुख अर्यालले बताउनुभयो ।
हेर्नुहोस नीति तथा कार्यक्रमको पूर्ण पाठ