अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बजेट संशोधन नभए पास हुन दिँदैनौं: सिके राउत

बजेट संशोधन नभए पास हुन दिँदैनौं: सिके राउत


काठमाडौँ-जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले सांसदहरुको मागअनुसार बजेट संशोधन नभए बजेट पास हुन नदिने बताउनु भएको छ।

सोमवार प्रतिनिधिसभा अन्तरर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै अध्यक्ष डा.राउतले बजेटमा सांसदका मागहरु सम्बोधन हुनेगरी बजेट सशोधन नभए सत्तापक्षका सांसदहरुले नै बजेट पास हुन दिन नहुने बताउनु भएको हो । उहाँले पूर्वाधार विकास समितिले सुझावसहित बजेट संशोधनको प्रश्ताव लैजान माग गर्नुभयो।

उहाँले भन्नुभयो, ‘सरकार पक्षका सांसदहरुलाई पनि आग्रह गर्न चाहन्छु। मधेस प्रदेश भन्दा सूदुरश्चिममा ६ गुणा बढी बजेट गएको छ। सूदुरपश्चिम प्रदेशको जनसंख्या भनेको २६ लाख छ भने मधेस प्रदेशको ६१ लाख रहेको छ। जनसंख्या वा मानवविकास सूचाङ्कको आधारमा हो भन्ने बजेट सिद्धान्तको आधारमा बजेट निर्धारण गरिनुपर्छ । त्यो अनुसार बजेट संशोधन गर्नुपर्छ।’

अध्यक्ष राउतले सुझावसहित बजेट संशोधनको प्रस्ताव कार्यान्वय नभएपनि सरकारले ल्याएको बजेट संशोधनको आवश्यकता रहेको बताउनु भयो । उहाँले एकजना मन्त्रीले मात्रै बजेट बनाउने भए २७५ सांसदहरु आवश्यकता नभएको भन्दै निर्वाचित भएर आएका सांसदहरुको कुरा सरकारले सुन्नुपर्ने जिकिर गर्नुभयो ।