अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय स्वार्थ र कूटनीतिलाई ध्यान दिन रघुजी पन्तको आग्रह

राष्ट्रिय स्वार्थ र कूटनीतिलाई ध्यान दिन रघुजी पन्तको आग्रह


नेकपा एमालेका सांसद रघुजी पन्तले आफ्नो राष्ट्रिय स्वार्थ र कूटनीतिलाई ध्यान दिएर परराष्ट्र नीति सञ्चालन गर्न आग्रह गर्नुभएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्र मन्त्रालयलगायतका विनियोजित शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद पन्तले सार्वभौम समानता र राष्ट्रिय स्वाधीनतामा आधारित रहेको नेपालको गौरवमय इतिहास र पञ्चशीलको परराष्ट्र नीति भएको मुलुकको छविलाई अन्तर्राष्ट्रियस्तरमा कायम राख्न आग्रह गर्नुभयो।

उहाँले नेपालको राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर विश्व समुदायमा बोल्न पछि पर्न नहुनेमा जोड दिँदै विदेशस्थित नेपालका कूटनीतिक नियोगलाई पुनरावलोकन गरी प्रभावकारीरुपमा सञ्चालन गर्न माग गर्नुभयो।