काठमाडौँ–काइलियन एमबाप्पेको गोलमा फ्रान्सले युरोपियन च्याम्पियनसिप–२०२४ को छनोट खेलमा ग्रीसविरुद्ध १–० को जित निकालेको छ ।
मंगलबार स्टेट डे फ्रान्समा सम्पन्न खेलमा घरेलु टिमलाई कठिन जित दिलाउन एमबाप्पेले ५५औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । एमबाप्पेले पेनाल्टीमार्फत फ्रान्सलाई अग्रता दिलाएका थिए । फ्रान्स छनोटमा अपराजित छ ।
छनोटको समूह ‘बी’ मा रहेको फ्रान्स यो जितसँगै तालिकाको शीर्ष स्थानमा छ । फ्रान्सले चार खेलबाट १२ अंक जोडेको छ । तालिकाको दोस्रो स्थानमा रहेको ग्रीसले भने तीन खेलबाट ३ अंक जोडेको छ ।
छनोटकै समूह ‘सी’ को खेलमा साविक उपविजेता इंग्ल्यान्डले नर्थ मेसोडोनियाविरुद्ध ७–० को फराकिलो जित निकालेको छ ।
इंग्ल्यान्डको जितमा बुकायो साकाले ह्याट्रिक गर्दा ह्यारी केनले दुई र मार्कुस रासफोर्डले एक गोल गरे ।
यो जितसँगै समूह ‘सी’ शीर्ष स्थानमा रहेको इंग्ल्यान्डले चार खेलबाट १२ अंक जोडेको छ । तीन खेलबाट तीन अंक जोडेको नर्थ मेसोडोनिया भने तालिकाको चौथो स्थानमा छ ।-एजेन्सी
प्रतिक्रिया