अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बजेट पुस्तकमा ‘कोशी’ र ‘लुम्बिनी’ प्रदेशको नाम हटाएपछि सूर्य थापाको आपत्ति

बजेट पुस्तकमा ‘कोशी’ र ‘लुम्बिनी’ प्रदेशको नाम हटाएपछि सूर्य थापाको आपत्ति


काठमाडौँ-आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको पुस्तकबाट कोशी प्रदेश र लुम्बिनी प्रदेशको नाम हटाएकोमा एमाले सांसद सूर्य बहादुर थापाले आपत्ति जनाउनु भएको छ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले ‘तथाकथित’ पहिचानवादीको प्रभावमा सो नाम हटाएको त हैन भन्दै आपत्ति जनाउनु भएको हो।

सांसद थापाले नियमापत्ति जनाउँदै संस्कृति, पर्यटन नथा नागरिक उड्डयन मन्त्रीलाई सो विषयमा संशोधन गर्न भनेको र संशोधन नभई विधेयक आएकोमा आपत्ति जनाउनु भयो ।

उहाँले बजेटमा प्रदेशको नाम लेखेर मात्र विधेयक अघि बढाउन आग्रह गर्नुभयो । उहाँले लुम्बिनी प्रदेशको ठाउँमा प्रदेश नम्बर ५ लेखिएको भन्दै आपत्ति जनाउनु भएको हो ।