अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिमका कानूनमन्त्री सवार गाडी दुर्घटना

सुदूरपश्चिमका कानूनमन्त्री सवार गाडी दुर्घटना

मन्त्री सिंहसहित ४ जना घाइते


कैलाली-सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटना भएको छ।

डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र. ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको हो ।

बझाङ केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।

दुर्घटनामा मन्त्री सिंहसहित ४ जना घाइते भएका छन् ।