अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

द्रोणचार्य स्मृति पत्रकारिता पुरस्कार गणेश पोखरेललाई

द्रोणचार्य स्मृति पत्रकारिता पुरस्कार गणेश पोखरेललाई


झापा – द्रोणाचार्य स्मृति प्रतिष्ठान नेपालसमेतको समन्वयमा पहिलोपटक वितरण गर्न लागिएको द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कार यसपटक प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेललाई प्रदान गरिने भएको छ । दुई दशकभन्दा लामो सयम देखि पत्रकारितामा सक्रीय पोखरेल विर्तामोडको रेडियो भिजनका प्रबन्ध निर्देशक हुनुहुन्छ ।

प्रेस चौतारी झापाका पूर्व अध्यक्ष माधव बिद्रोहीको संयोजकत्वमा गठित छनोट समितिको हिजोको बैठकले सो निर्णय गरेको प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालले जानकारी दिनुभयो । प्रेस चौतारी झापाले १७ वर्ष अगाडि स्थापना गरेको सो पुरस्कार भोलि पाँचौं पटक वितरण हुनेछ ।

यसअघि सो पुरस्कारबाट लीला बराल, शिव गाउँले, माधव बिद्रोही र रघु मैनाली पुरस्कृत भइसकेका छन् । आज असार ६ गते द्रोणाचार्यको ३०औं स्मृति दिवसमा काकडभिट्टामा आयोजना हुने कार्यक्रममा सो पुरस्कार वितरण गरिने कार्यक्रम छ । पुरस्कारको राशि ५१ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।

यसैगरी प्रेस चौतारी झापाले स्थापना गरेको राइजिङ स्टार युवा पत्रकारिता प्रोत्साहन पुरस्कारबाट तीनजना नवोदित झापाली पत्रकारहरु पुरस्कृत हुने भएका छन् । हिमशिखर टेलिभिजनका पत्रकार सुदिप अधिकारी, रेडियो भिजनका पत्रकार अस्मिता साँखी र खबरखेती डटकमका तिलक योञ्जनलाई राइजिङ स्टार चुनिएको चौतारी झापाले जनाएको छ ।

उक्त पुरस्कार प्रेस चौतारी झापाको वार्षिक साधारणसभा समारोहमा असार ६ गते दिउँसो काँकरभिट्टामा हस्तान्तरण गरिने छ । उक्त कार्यक्रमको प्रमुख आतिथ्यका लागि प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई आमन्त्रण गरिएको जनाइएको छ । पुरस्कारको नगद राशी जनही ५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।