अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्री सिंहको निधनमा सुदूरपश्चिममा आज शोक बिदा

मन्त्री सिंहको निधनमा सुदूरपश्चिममा आज शोक बिदा


काठमाडौँ-सुदूरपश्चिम प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको  निधनमा  आज शोक बिदा दिने निर्णय गरेको छ । हिजो सवारी दुर्घटनामा निधन भएका मन्त्री  सिंहको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आज सुदूरपश्चिम प्रदेशका सरकारी तथा सार्वजनिक निकायमा नेपालको राष्ट्रिय झन्डा आधा झुकाइने भएको छ । गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना भएको थियो ।

दुर्घटनामा परेका मन्त्री पत्नी अमृता सिंह र नाता लाग्ने जयादेवी सिंहको बझाङको स्थानीय देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो ।

गम्भीर घाइते भएका मन्त्री सिंहलाई नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर पुर्‍याइएको भएपनि उनको उपचारका क्रममा मृत्यु भएको हो । सुदूरपश्चिम सरकारले आज बिहान ९ बजे धनगढीमा मन्त्री सिंहको श्रद्धाञ्जली सभा राखेको छ ।