काठमाडौँ-आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० र चाँदीको मूल्य ४५ रुपैयाँले घटेको छ ।
जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १० हजार ४५० रुपैयाँ कायम छ ।
यस्तै, हिजो १४ सय ३० रुपैयाँ कायम रहेको चाँदी आज १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।





प्रतिक्रिया