अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साइबर अपराध र बैंकिङ कसुरका मुद्दाको छिनोफानो अब जिल्ला अदालतबाटै

साइबर अपराध र बैंकिङ कसुरका मुद्दाको छिनोफानो अब जिल्ला अदालतबाटै


काठमाडौं – साइबर अपराध र बैंकिङ कसुरका मुद्दा अब जिल्ला अदालतमै चल्ने भएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरेको हो।
बुधबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विद्युतीय कारोबार ऐन २०६३ को दफा ६० को उपदफा ५ बमोजिम सोही ऐनको परिच्छेद मा उल्लेख भए बोजिमका मुद्दाको सुरु कारबाही र किनारा लगाउने अधिकार जिल्ला अदालतलाई दिइएको जानकारी दिनुभयो।

शर्माले यी दुई कसुरका मुद्दा जिल्ला अदालतबाटै सुरु हेरेर किनारा लगाउँदा सर्वसाधारणलाई पनि सहज हुने जानकारी दिनुभयो।

विद्युतीय कारोबार ऐनको दफा ६० मा सूचना प्रविधि न्यायाधिकरण गठनसम्बन्धी व्यवस्था गरिएको छ।