अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अराजकता समाजको ठूलो समस्या : अध्यक्ष ओली

अराजकता समाजको ठूलो समस्या : अध्यक्ष ओली


काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजको अहिलेको सबैभन्दा ठूलो समस्या अराजकता भएको बताउनुभएको छ ।
नवौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजमा अराजकता, अनुशासनहीनता, जिम्मेवारीबोधको कमी बढेको बताउनुभयो ।
उहाँले भन्नुभयो , ‘मैले भन्ने गरेको छु, दिमागमा अहंकार पसेपछि त्योभित्र पसेपछि ढोका लगाउँछ । चुकुल लगाउँछ । साँचो पनि लगाउँछ । केही ज्ञान, गुण, आचारण, सीप केही पनि प्रवेश गर्न पाउँदैन घमण्डले । अरु चिज प्रवेश नै गर्न पाउँदैन । घमण्डमात्रै हुन्छ दिमागमा । घमण्डी दिमागले केही सोच्नै सक्दैन । नाम नै अहंकार । मान्छे बन्नै सक्दैन । त्यसले मान्छेलाई दुष्टात्मा बनाउँछ ।’

अध्यक्ष ओलीले जीवनको लागि योग गर्नुपर्ने बताए ।