अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सूर्यविनायकको नीति कार्यक्रमम, शैक्षिक हब देखि,घर बहाल कर स्वघोषणासम्म (पूर्ण पाठ सहित)

सूर्यविनायकको नीति कार्यक्रमम, शैक्षिक हब देखि,घर बहाल कर स्वघोषणासम्म (पूर्ण पाठ सहित)


भक्तपुर -खुला प्रतिष्पर्धाबाट प्रधानअध्यापक छनौट गरेर देशैभरी चर्चा कमाएको सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्षमा उत्कृष्ट नतिजा निकाल्ने प्रअ देखि विद्यार्थीसम्मलाई सम्मान गर्ने भएको छ ।
नगरपालिकाले आज सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख छ । मेयर बासुदेव थापाले आज जारी गरेको नीति कार्यक्रममा सूर्यविनायक नगरपालिकालाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्ने प्रस्तव गरिएको छ । यस क्षेत्रमा माध्यमिक तह र उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरुलाई नगरपालिकामा आकर्षित गर्ने नीति अनुरुप पूर्वाञ्चल विश्व विद्यालयको मेडिकल र इन्जिनियरिङ्ग विषय सहितको आंगिक क्याम्पस संचालन गर्नका लागि आगामी आर्थिक वर्ष भित्र क्याम्पस संचालन गर्न सम्बन्धित निकायसंग आवश्यक समन्वय र सहकार्य गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यसैगरी सामुदायिक विद्यालयमा शिक्षक खाली नगर्नको लागि विद्यालय स्तरबाट लिइदै आएको करार शिक्षकलाई पालिका बाट लिई करार शिक्षक बैंक निर्माण गरेर रोस्टरका आधारमा मेरिट लिस्टमा पढाउने व्यवस्था मिलाउने प्रमुख थापाले प्रस्तव गर्नुभएको छ ।


“कृषि प्राविधिक कृषक संगै” नीतिलाई कार्यन्वयन गर्न प्राविधिक घरदैलो कार्यक्रम अभियानकै रुपमा संचालन गरिने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।
नगरपालिकाले स्वच्छ खानेपानीलाई प्राथमिकताका साथ योजनामा राखेको छ । हालसम्म २१ हजार घरधुरीमा मात्र सहज र सरल खानेपानी सुविधा प्राप्त हुदैं आएकोमा आगामी आर्थिक वर्षभित्र वडा नं १ देखि ६ सम्मका नागरिकहरुलाई मेलम्ची खानेपानीको कम्तिमा ९५ प्रतिशत घरधुरीलाई स्वच्छ खानेपानी आपूर्तिको व्यवस्था गरिने प्रम्ुख बासुदेव थापाले जारी गरेको नीति कार्यक्तममा उल्लेख छ ।