काठमाडौँ-आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँ घटेको हो । त्यस्तै, चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ घटेको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ५०० रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदी आज प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





प्रतिक्रिया