अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपेन्द्र यादवको टिप्पणी: बाबुरामजी एक्लै हिँड्ने बानी परेकाले मोर्चामा आउनु भएन

उपेन्द्र यादवको टिप्पणी: बाबुरामजी एक्लै हिँड्ने बानी परेकाले मोर्चामा आउनु भएन


काठमाडौँ-जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई एक्लै हिँड्ने बानी परेको टिप्पणी गर्नु भएको छ। सोही कारण उहाँ समाजवादी मोर्चामा नआएको आफ्नो बुझाइ रहेको यादवको भनाइ छ। 

बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले समाजवादी मोर्चा निर्माण गर्ने विषयमा लामो समयदेखि छलफल चलेको तर छलफलमा एकदिन पनि बाबुराम भट्टराईलाई नदेखिएको बताउनु भयो।

मोर्चा गठनमा बाबुराम भट्टराईको कुनै योगदान नरहेको दाबी गर्नुभयो । उहाँले भट्टराई कसरी छुटे भन्नेबारे उनलाई नै थाहा हुने कुरा भएको प्रतिक्रिया समेत दिनुभयो । 

मोर्चामा रहेका कुनै दलबीच एकीकरण हुन सक्ने भएपनि मोर्चा नै दलको रुपमा भने नआउने यादवले स्पष्ट पार्नुभयो।  उहाँले साझा मुद्दामा मोर्चाले काम गर्ने पनि बताउनु भयो ।