अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमती प्रदेश: भौतिक पूर्वाधार विकास मन्त्रीको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

बागमती प्रदेश: भौतिक पूर्वाधार विकास मन्त्रीको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा


हेटौंडा-बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको छ। बिहीबार भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न भएको हो।

छिमेकी मुलुक भारतले आफ्नो नयाँ संसद् भवनमा नेपालका लुम्बिनी र कपिलवस्तुसमेत समेटिएको ‘अखण्ड भारत’ नामक नक्सा राखेपछि त्यसको प्रतिवादमा नेपालका सरकारी कार्यालयहरुले पनि पूर्व टिस्टा र पश्चिममा काँगडासम्म फैलिएको विशाल नेपालको नक्सा आफ्नो कार्यालयमा राख्न थालेका छन्।

ग्रेटर नेपालको नक्सा राख्ने सुरुवात काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गरेको भएता पनि राम्रो कामको अनुसरण सबैले गर्नुपर्ने मन्त्री दुलालको भनाइ छ।

देशका विभिन्न स्थानीय तहहरुले ग्रेटर नेपालको नक्सा राख्दै आएकोमा प्रदेश सरकारको कार्यकक्षमा भने यो पहिलोपटक हो।