अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले अध्यक्ष ओली रास्वपाको चियापानमा पुग्दा जे देखियो (फोटोफिचर) 

एमाले अध्यक्ष ओली रास्वपाको चियापानमा पुग्दा जे देखियो (फोटोफिचर) 


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको चियापान कार्यक्रममा पुग्न भएको छ।

रास्वपा स्थापनाको एक वर्ष पुगेको अवसरमा आयोजित चियापान समारोहमा आज अपरान्ह बालाजुस्थित नयाँ केन्द्रीय कार्यालयमा पुग्न भएको हो ।

यसअघि चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि पुग्नु भएको थियो।

सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना मगर, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, एमाले उपाध्यक्ष विष्णु पौडेल, कांग्रेस प्रमुख सचेतक रमेश लेखक लगायत नेताहरु पनि पुग्नु भएको थियो।

चियापानमा योमरी, जुजु धौ, भटमास, पोलेको मकै जस्ता परिकार पनि राखिएको छ।