अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गौरादह नगरपालिकाको नीति कार्यक्रम :माछाबाट समृद्धि

गौरादह नगरपालिकाको नीति कार्यक्रम :माछाबाट समृद्धि


झापा -झापाको गौरादह नगरपालिकाले माछाको निर्यातबाट समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ ।
आगामी आर्थिक वर्ष २०८०\८१को नीति तथा कार्यक्रम प्रष्तुत गर्दै नगर प्रमुख छत्रपति सुवेदीले सो प्रस्ताव गर्नुभएको हो । त्रिभूवन विश्वविद्यालयको आंगिक क्याम्पस सहित दुईवटा कृषी क्याम्पस भएको गौरादह नगरपालिकाले कृषीलाई विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ । यसका लागि माछा उत्पादन र विक्री मार्फत कृषकको समृद्धीको लक्ष्य राखेको नीति कार्यक्रममा उल्लेख छ । नगरप्रमुख सुवेदीले प्रष्तुत गरेको नीति कार्यक्रममा भनिएको छ गौरादहलाई माछा निर्यात गर्ने नगरपालिकाको रुपमा विकास गर्न माछा क्षेत्र निर्माण गर्न निजी तथा सार्वजनिक पोखरीहरुलाई प्रवर्द्वन तथा व्यवसायिकरण गर्न प्रोत्साहन गरिनेछ।


अधिकांस जनसंख्या कृषीमा आश्रित भएको यस नगरपालिकाले माछा,मासु पसल सुधार कार्यक्रम पनि सञ्चालन गर्ने जनाएको छ । यसैगरी मौरीपालनलाई समेत प्रोत्साहन गरिने नीति कार्यक्रममा उल्लेख छ ।
नगरपालिकाले फलफुल , करेसाबारी, फुल बगैचा, कन्दमूल र मसलाबाली विकासका लागी प्रोत्साहन गरिने नीति लिएको छ । नगरबासीहरुको सहरकेन्द्रीत बसाँइराईका कारण बाँझो रहेका जमिनहरु उपयोग हुने गरी सहकारी् सामुहिक खेती प्रवर्दन कार्यक्रम संचालन गर्न प्रात्साहित गरिने सुवेदीले प्रस्ताव गरेको नीति कार्यक्रममा उल्लेख छ ।


किसानलाई प्रोत्साहन गर्नका लागि कृषि विकास यान्त्रीकरण तथा पशुपंक्षीसगँ सम्बन्धित कार्यक्रमहरु संचालन गर्दा संघीय अनुदानका कार्यक्रमहरु संघीय कार्यविधि र प्रदेश अनुदानवाट संचालन गरिने कार्यक्रमहरु र निशर्त अनुदान र आन्तरिक श्रोत वाट तयार गरिने कार्यक्रमहरु प्रदेश कार्यविधिमा उल्लेख भए अनुसार संचालन गरिने उल्लेख छ ।
यसैगरी गह्रा सुधार तथा चक्लाबन्दी कार्यक्रम संचालन गरिने त्यसका लागि प्रति हेक्टर रु १० हजार प्रोत्साहन स्वरुप उपलब्ध गराईने गौरादह नगरपालिकाको नति तथा कार्यक्रममा उल्लेख छ ।

गौरादह नगरपालिाकाले हिजो सार्वजनिक गरेको नीति कार्यक्रमको पूर्ण पाठ यस्तो छ ।