अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोरखा जिप दुर्घटनामा मृतक पाँचै जनाको सनाखत

गोरखा जिप दुर्घटनामा मृतक पाँचै जनाको सनाखत


गोरखा–गोरखामा जन्ती बोकेको जिप दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । 

मृत्यु हुनेमा शहीदलखन गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय प्रवीण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय नीरज थापा, १९ वर्षकै नवीना थापा र ६४  वर्षका धनबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।   

दुर्घटनामा परी १२ जना घाइते भएका छन् । सहिद लखन गाउँपालिका–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङ फर्किँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जिप गए राति दुर्घटना भएको थियो ।