अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको भिडियो सन्देश–कृषिलाई निर्वाह होइन, कमाइको रूपमा अघि बढाऔँ  

अध्यक्ष ओलीको भिडियो सन्देश–कृषिलाई निर्वाह होइन, कमाइको रूपमा अघि बढाऔँ  


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही असार १५ गते राष्ट्रिय धान दिवको सन्दर्भमा भिडियो सन्देश दिनुभएको छ । सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले धान दिवसको अवसरमा भिडियो सन्देश दिनुभएको हो । 

उहाँले कृषिलाई निर्वाह होइन, कमाइको रूपमा अघि बढाऔँ भन्दै भिडियो सन्देश दिनुभएको छ । 

भिडियो सन्देशमा अध्यक्ष ओली र उहाँकी धर्मपत्नी राधिका शाक्यले करेसाबारीमा फर्सीको मुन्टा टिप्दै कृषिमा आधुनिकीकरण खोज्नुपर्ने बताउनुभएको छ । 

एमालेले १५ गते चितवनमा राष्ट्रिय धान दिवस मनाउँदैछ । सोही अवसरमा अध्यक्ष ओलीले सन्देश दिनुभएको हो ।