काठमाडौँ-आगामी तीन दिन देशका नदीनालामा पानीको बहाव बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, दाङ, सल्यान, बाँके, कैलाली, कञ्चनपुर, डडेलधुरा र बैतडीका नदीमा पानीको बहाव बढ्ने छ ।
यी जिल्लामा नदीमा पानीको बहाव बढ्ने भएकाले सो क्षेत्रमा बाढीको जोखिम रहेकाले तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यस्तै, अबका तीन दिन देशका अधिकांश प्रमुख तथा मझौला नदीहरूमा बहाव सतर्कता तहभन्दा तलै रहने महाशाखाले जनाएको छ ।






प्रतिक्रिया