अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वप्रधानमन्त्री चन्दलाई पत्नी शोक

पूर्वप्रधानमन्त्री चन्दलाई पत्नी शोक


काठमाडौँ–राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी धर्मपत्नी दिव्येश्वरी चन्दको ८२ वर्षको उमेरमा निधन भएको छ ।

उच्च रक्तचाप, पक्षघात लगायत रोगबाट पीडित चन्दको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान निधन भएको राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँको श्रीमान्, दुई छोरा र दुई छोरी हुनुहुन्छ । दिवङ्गत चन्द राप्रपा नेता जयन्त चन्दकी आमा हुनुहुन्छ । उहाँको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।