झापा-झापाको बिर्तामोड नगरपालिका ५ र अर्जुनधारा नगरपालिका ११ को सिमानामा रहेको आवाश मार्गमा ढल निर्माणको पहल अगाडि बढाउन समिति निर्माण गरिएको छ ।
बिहीबार बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईँ र अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेव तामाङ गोमदेनको नेतृत्वमा अनुगमन गरी पहल समिति निर्माण गरिएको हो ।

नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराईसहित गरिएको अनुगमनमा अर्जुनधारा ११ का वडाध्यक्ष खगेन्द्र ईङनामको संयोजकत्वमा ७ सदस्यीय समिति निर्माण गरिएको हो ।
समितिको सदस्यहरुमा बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाईँ, अर्जुनधारा ६ का वडाध्यक्ष हरिषचन्द्र बाँस्तोला , गोपाल विमली, सुरेन्द्र बहादुर लिम्बु, वीर बहादुर राई र टेकराज सुब्बा रहनुभएको छ ।

बिर्तामोड नगरपालिकाकी नगर प्रमुख प्रसाईँले बर्खामा डुबानको समस्या रहँदै आएको यस क्षेत्रमा ढल निर्माणका लागि दुवै नगरपालिका सकारात्मक भएकोले समिति निर्माण गरेर पहल अघि बढाएको बताउनु भयो । बिर्तामोड बसपार्कदेखि माथिल्लो यस क्षेत्रमा डुबानको समस्या वर्षौं देखि छ ।







प्रतिक्रिया