अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धादिङको गल्छी बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १९ घाइते

धादिङको गल्छी बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १९ घाइते


धादिङ-पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा भारतीय यात्रुवाहक बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख डिएसपी गौतम मिश्रका अनुसार भारतको राजस्थान २ की १२ वर्षीया कल्पना पारिखको मृत्यु भएको हो।

एआर ०६ ई ७०३१ नम्बरको भारतीय यात्रुवाहक बस सडकमै पल्टिएको थियो। दुर्घटनामा १९ जना घाइते भएका छन्।

घाइतेहरूको गल्छीमै रहेको भरोसा हस्पिटलमा उपचार भइरहेको प्रहरी प्रमुख डिएसपी मिश्रले जानकारी दिनुभयो।

घाइतेको अवस्था सामान्य रहेको बताइएको छ।

बस सडकमै पल्टिएको कारण राजमार्ग केहीबेर अवरुद्ध भएको प्रहरी प्रमुख डिएसपी मिश्रले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘क्रेनको सहायताले उक्त दुर्घटनाग्रस्त बस साइड लगाएपछि हाल एकतर्फी सवारी सञ्चालन भएको छ।’